


कावासोती २४ पुस : पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास र अरूणखोलाबीचको जङ्गलनजिकै गएराति भएको सवारी दुर्घटनामा परी सशस्त्र प्रहरी हवल्दारको ज्यान गएको छ ।पश्चिमबाट पूर्व आउँदै गरेको ना१क १७९६ नम्बरको ट्रकले विपरीतदिशाबाट आउँदै गरेको लु८प ८७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कपिलवस्तु पिपराका ३० वर्षीय कृष्ण चौधरीको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएकोे छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार डिल्लीराज कडाल घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको छ । सवारी दुर्घटनामा पर्ने दुवैजना सशस्त्र प्रहरी बल भानु तनहुँमा कार्यरत सशस्त्र प्रहरी हवल्दार भएको प्रहरीले जनाएको छ ।