


जनकपुरधाम, २४ पुस : जनकपुरबाट आन्तरिक राजस्व कार्यालय महोत्तरीको बर्दिवासमा स्थानान्तर गर्न लागिएको भन्दै जनकपुर उद्योग वाणिज्य सङ्घद्वारा आज सो कार्यालयमा तालाबन्दी गरिएको छ । सङ्घका अध्यक्ष श्यामकुमार साहले सेवाकेन्द्रका रूपमा बर्दिवासमा कार्यालय स्थापना गरिए पनि पछि गएर सो कार्यालय यहाँ सार्ने षड्यन्त्र भइरहेको छ भन्नुभयो ।
उहाँका अनुसार जनकपुर क्षेत्रमा नै आठ प्रतिशत करदाता भएको यथार्थले पनि बेवास्ता गरी कार्र्यालय सार्ने खेल भइदिएको छ ।
यसैबीच राजस्व कार्यालयले मुलुकभरि नै सो कार्यालयको सेवाकेन्द्र स्थापना गर्ने सरकारको निर्णय बमोजिम नै बर्दिवासमा सेवाकेन्द्र विस्तार गर्न लागेको जनाएको छ ।