


संखुवासभा, २५ पुस : भिक्षुणीलाई सामुहिक बलात्कार गर्ने ५ जनालाई जिल्ला अदालत चैनपुर संखुवासभाले १२/१२ वर्ष कैदको सजायँ सुनाएको छ । जिल्ला न्यायधिस शालिग्राम कोइरालाको वन्द इजलासले उनीहरुलाई दोषी ठहर गर्दै आज सजाए सुनाएको हो । सामुहिक बलात्कार गर्ने मध्ये राजकुमार लिम्बु, भुवन कोरङगी, सोभित मगर र अभिषेख मगरलाई १२/१२ बर्षको सजायँ सुनाईएको छ ।
जवरजस्ती करणी गर्ने उद्योग गरेको आरोपमा उनीहरुका साथी द्रोणबहादर राईलाई ६ बर्ष कैदको सजायँ सुनाईएको छ ।
मुलुकी ऐनको जवरजस्ती करणीको महल अनुसार ४ जनालाई ३(५) बमोजिम ७ बर्ष र सामुहिक रुपमा बलात्कार गरेकाले मुलुकी ऐनको २(क) बमोजिम थप ५ वर्ष गरि १२ बर्षको सजाए सुनाईइको श्रेस्तेदार प्रकास घिमिरेले वताउनुभयो ।
द्रोणबहादुर राईलाई भने जवरजस्तीको उद्योगमात्रै गरेकाले थप सहित ६ बर्षको सजाए सुनाईएको छ ।
घटनामा डकैटी गरेर भिक्षुणीको १ लाख ३० हजार रुपैयाँ डाँका गरेको रकम समेत अदालतले दामासाहीले भराउने फैसला गरेको छ । अभियुक्त राजकुमार, भुवन, सोभित र अभिषेखलाई जनही ५० हजारका दरले क्षतिपुर्ति तिराउने फैसला गरिएको घिमिरेले बताउनु भयो । सुनसरीको धरानवाट संखुवासभाको सदरमुकाम खाँदवारी आउने क्रममा गत असार १० गते राती यात्रुवाहक बसका चालक, सहचालक र सहयोगी सहित ५ जनाले भोजपुर खाटम्माका भिक्षुणीलाई संखुवासभाको खराङ गाविसमा पर्ने सभाखोला किनारमा बसभित्रै सामुहिक बलत्कार गरेका थिए ।