


जाजरकोट, २६ पुस : छिन्चु जाजरकोटमा सडकमा बिभिन्न बस ब्यबसायी समितिले लागु गरेका सिन्डिकेट हटाउन माग गर्दै जाजरकोटका बिद्यार्थी संगठनहरुले आज यातायात बन्द गराएका छन् । आजसम्म सिन्डिकेट हटाउन अल्टिीमेटम दिएका बिद्यार्थी संगठनहरुले आजदेखि अनिश्चतकालको लागि यातायात बन्द गरेका हुन् ।
सिन्डकेटका कारण जाजरकोटदेखि नेपालगन्ज, सुर्खेत, काठामान्डौंसम्म जाने यात्रुहरुले ठाउँठाउँमा गाडी फेरेर यात्रा गर्नु पर्ने बाध्यता छ । नेपाली काङ्ग्रेस सम्बद्ध नेपाल बिद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु र एकीकृत माओबादी निकट अनेरास्ववियु क्रान्तिकारी बिद्यार्थी संगठनले सयुक्त रुपमा बिरोधप्रदर्शन गरी यातायात बन्द गरेका छन् । बन्दका कारण जिल्ला बाहिरिने र भित्रिने यात्रुहरु अलपत्र परेका छन् ।