


पाल्पा, २६ पुस : पाल्पामा कार दुर्घटना हुँदा एक जनाको मृतयु भएको छ । मृत्यु हुनेमा रुपन्देही सेमलारका इन्द्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्याङजाबाट बुटवलतर्फ जाँदै गरेको लु १ च २४२० नम्बरको कार आज दिउँसो दोभान गाविसको सिद्धबाबा नजिकै दुर्घटना भएको हो ।
कारमा एक जना मात्र सवार रहेको र बाटोबाट करीव एक सय मिटर तल तिनाउखोलामा खसेको प्रहरीले जनाएको छ