Sunday, 20 May 2012 02:46 pm, Nepal

हिउँ पगाल्दै, खाँदै

मेचीकाली : 2012-01-10 19:54:05


हुम्ला, २६ पुस : उच्च हिमाली जिल्ला हुम्लामा लगातार तीन दिनदेखि परेको हिउँले जिल्ला सदरमुकाम सिमीकोटमा ३ फिट हिउँ जमेको छ भने स्थानीय बासिन्दालाई एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्नका लागि समस्या उत्पन्न भएको छ । गएको शनिबारदेखि लगातार परेको हिउँ अहिलेसम्म नरोकिएपछि जिल्लामा एकाएक चिसो बढेको र गाईवस्तु चराउनसमेत समस्या भएको बरगाउँका छिरिङ लामाले बताउनुभयो ।

    उहाँका अनुसार लगातार परेको हिउँले घरबाट बाहिरसमेत निस्कन मुस्किल परिरहेको छ । स्थानीयले घरमा खाना पकाउनका लागि चाहिने पानी ल्याउन धारामा जानसमेत नसकेको र  आँगनमा जमेको हिउँ पगालेर खान बाध्य छन् ।

    हिउँले जिल्लाका अधिकांश कार्यालयसमेत बन्द छन् । चिसो धेरै बढेकाले कार्यालयमा बसेर काम गर्न समस्या परेको जिल्ला प्राविधिक कार्यालयका देवी ऐडीले बताउनुभयो । उहाँका अनुसार निरन्तर रुपमा हिउँ परेका कारण चिसोले हात नै नचल्ने भएपछि कर्मचारी कार्यालयमा आउन नसकेका हुन् ।

    हिउँका कारण जिल्लामा सञ्चालित स्नातक तहको परीक्षामा समेत समस्या भएको छ । चिसोले हात नै नचल्ने भएपछि परीक्षामा सोचेअनुसार परीक्षा दिन नसकेको स्नातक तह दोस्रो वर्षका परीक्षार्थी कालीबहादुर थापाले गुनासो गर्नुभयो ।

    यसैगरी, जिल्लामा परेको भारी हिमपातले प्रवेशिका परीक्षाको तयारीका लागि ट्युसन पढिरहेका विद्यार्थीमा समेत प्रभावित भएका छन् ।

    बिहान ७ बजे बेलुका ६ बजेसम्म अङ्ग्रेजी, गणित, विज्ञान र ऐच्छिक गणितको ट्युसन पढ्ने विद्यार्थीलाई समेत समस्या भएको अङ्ग्रेजीको ट्युसन पढाइरहेका मानसरोवर उच्च माध्यमिक विद्यालयका शिक्षक अमरबहादुर शाहीले बताउनुभयो ।

    हिउँका कारण जिल्लाको एकमात्र यातायातको माध्यम हवाई सेवासमेत ठप्प भएको छ । हवाई सेवा ठप्प हुँदा जिल्लामा नेपालगन्ज, सुर्खेतदेखि आयात गरिने सामग्रीको समेत ढुवानी हुन नसकेपछि सामानसमेत नपाइने हुन थालेको छ ।

    जिल्लादेखि अन्यत्र आवातजावत गर्ने यात्रुहरु जिल्लामै रोकिएका छन् । जिल्लाको हवाई मैदानमा कालोपत्रे गरेको भए पनि अबको एक हप्तासम्म हवाई सेवा सुचारु हुन नसक्ने सिमीकोट हवाई उड्ड्यन कार्यालयका प्रमुख टेकबहादुर पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको तापक्रम माइनस १० डिग्रीसम्म पुगेको छ ।

    जिल्लाका अधिकांश गाविसमा परेको हिउँले सिमीकोट, बरगाउँ, डाँडाफया, ठेहे, स्याँडा, लिमी, मुचु, रायालगायत झण्डै एक दर्जनभन्दा बढी गाविस धेरै प्रभावित भएका छन् । जिल्लामा  चिसोको कारण आउने हो । एकाएक चिसो बढेपछि जिल्लाको जनजीवन समेत प्रभावित भएको र जनजीवन प्रभावित भएका छन् भने हिमपातले मुगु, जुम्ला, डोल्पा र कालीकोटका केही गाविसमा समेत प्रभावित पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु