Sunday, 20 May 2012 02:47 pm, Nepal

माओवादीको घमन्ड तोड्न जनमत सङग्रहमा जानुपर्छः गगन थापा

मेचीकाली : 2012-01-12 12:26:03


पोखरा, २८ पुस  : नेपाली कांग्रेसका युवा नेता गगन थापाले माओवादीमा रहेको घमन्डलाई तोड्नकै लागि भएपनि जनमत सङग्रहमा जानुपर्ने बताउनु भएको छ । बिहीबार बिहान पोखरामा भएको पत्रकार सम्मेलनमा उहाँले हतियार विनाको माओवादीलाई आफुले जे भन्यो त्यो नेपाली नागरिकले मान्छन् भन्ने भ्रम त्याग्न पनि आग्रह गर्नुभयो । 

माओवादीले हतियार देखाएर आफुलाई ठुलो बनाएको बताउँदै अबको नतिजा अर्कै आउने थापाको भनाई थियो । उहाँले नेपालमा लोकतान्त्रिक संविधान जारी भएरै छाड्ने भन्दै माओवादीसँग अब कुनैपनि सहमति र सम्झौता हुन नसक्ने बताउनुभयो । 

 

काँग्रेस, शान्ति र संविधानका लागि भन्दै अधिकतम लचक भएपनि माओवादीले आन्तरिक विवाद मिलाउने नाममा देशमा कृत्रिम र नक्कली संकट निर्माण गरेको थापाले आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु