


दमौली, २८ पुस : काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा९च १६८५ नम्बरको कार तनहुँको जामुने गाविस धँयेरेस्थित पृथ्वी राजमार्गमा आज साँझ दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ पकनाजोल निवासी भाष्कर शाह र आशिस बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्को एक मृतकको सनाखत हुनसकेको छैन ।
यसैगरी, पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ३६८६ नम्बरको ट्रकले पृथ्वी राजमार्गस्थित छाङ्ग गाविस ठाँटीटारमा आदर्श बोर्डिङ स्कुलमा कक्षा चारमा अध्ययनरत् नौ वर्षीया नविना रानाललाई ठक्कर दिँदा उनको निधन भएको छ ।
सो घटनापछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ । रासस