


रसुवा, २९ पुस : गएराति परेको भीषण हिमपातका कारण पासाङल्हामु राजमार्गको राम्चे–धुन्चे सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन । छ वर्षपछि गएराति सदरमुकाममा हिमपात भएको र सडकमा जमेको बाक्लो हिउँका कारण सडक अवरुद्ध भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो ।
मौसममा सुधार आए बेलुकीदेखि यातायात सुचारु हुने बताइएको छ । सो सडकखण्डमा यातायात सञ्चालन नहुँदा सयौँ यात्रु बीच बाटामै अलपत्र परेका छन् ।
हिउँले हिमाली क्षेत्रमा मल र जल दुवैको काम गर्ने हुनाले हिउँदे बाली सप्रने भएपछि किसानले भने खुसी व्यक्त गरेका छन् ।