


रोल्पा, ३० पुस : बिहिबार परेको हिउँ पग्लन नपाउदै आज तुसारो थपिएपछि चिसोले रोल्पाको जनजीवन कष्टकर बनेको छ । चिसोले जिल्लाका दक्षिणी भेगका सखि, डुब्रिङ, झेनाम, दुबिडाँडा, बुढागाउँ, नुवागाँउ, गैरिगाउँ, जुगार, लगायतका गाविसका बासिन्दाहरुलाई घरभित्रबाट बाहिर निस्कन समेत गाह्रो भएको छ ।
केही दिन यता बढेको चिसोले यस क्षेत्रका विद्यालयहरुको पठनपाठन प्रभावित भएको छ ।