


हेटौँडा, १ माघ : हेटौँडा सिमेन्ट उद्योगको आगो बालिने भट्टीमा बढी तापक्रमको अभावमा अत्याधुनिक इँटा भत्केर सिमेन्ट उत्पादन ठप्प भएको छ । सो भट्टीमा अत्याधुनिक इँटा र प्राविधिक भारतबाट झिकाई तीन–चार दिनभित्र मर्मतसम्भार गरेर सिमेन्ट उत्पादन पुनः सञ्चालन गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका प्रसाशकीय अधिकृत सुरेश न्यौपानेले बताउनुभयो ।
यसैगरी उद्योगलाई आवश्यक इन्धन कोइला भारतबाट ढुवानी गरी ल्याउने कार्य अहिले धमाधम भइरहेको जनाइएको छ । सिमेन्ट उत्पादन बन्द भएको कारणले सिमेन्ट विभित्र सहरमा आपूर्ति गर्ने कार्यमा केही समयका लागि स्थगन गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ ।
सन्देशमा उहाँले जातजाति र धर्मावलम्बीहरूको आ–आफ्नै विशिष्ट एवम् मौलिक परम्परा रहेको उल्लेख गर्दै यस्ता चाडपर्वले ठूलो सांस्कृतिक महत्व बोकेको बताउनुभएको छ ।
सन्देशमा प्रधानमन्त्री डा भट्टराईले यी चाडपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गर्दै एक आपसमा हार्दिकता र भातृत्व अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।