Sunday, 20 May 2012 02:58 pm, Nepal

बर्तमान सरकारले शान्ति र सविधान टुङ्गगोमा पुर्याउने मन्त्री रायमाझीको भनाइ

मेचीकाली : 2012-01-15 14:41:13


कपिलवस्तु, १ माघ : स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले शान्ति र सविधान निर्माण नगरे अन्य कुनै पनि सरकारले नसक्ने दावी गर्नुभएको छ । रिपोर्टस क्लव अर्घाखॉचीले आज गरेको साक्षात्कारमा मन्त्री रायमाझीले सविधानसभाको जन्मदाता नै रहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई जत्तिको माया यस मुद्धामा अरुलाई हुन नसक्ने ठोकुवा गर्नुभयो ।

शान्ति र संविधान नबनेसम्म वर्तमान सरकार कायम रहने भन्दै मन्त्री रायमाझीले राष्ट्रिय सरकार बनेपनि भट्टराईकै नेतृत्वमा बन्ने बताउनुभयो । स्थानीय निकायमा दलिय संरचना भङ्ग गरिएको बताउँदै मन्त्री रायमाझीले तत्काल निर्वाचन गराउन सम्भव नभएकाले सविधान सभामा दलले पाएको समानुपातिक मतका आधारमा प्रतिनिधि पठाउने तयारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु