


रौतहट, १ माघ : रौतहट जिल्लाको कटहरिया नजिकै पर्ने बकैया खोला किनारामा लुटेराहरुको समुह र प्रहरी बिच गोली हानाहान भएको छ । भारत बिहार राज्यको घोडासाहान घर भएका अशोक सहनी आफ्नो ससुराली कटहरिया आउने क्रममा लुटेराहरुको समुहले कुटपिट गर्दै लुटपाट गरेको समाचार आएपछि ईलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोली र लुटेरा समुह बिच गोली हानाहान भएको हो ।
प्रहरीलाई देख्ना साथ लुटेराहरुले २ राउण्ड गोली चलाएपछि प्रहरीले समेत २ राउण्ड गोली चलाएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक प्रमोद यादवले जानकारी दिनुभयो । मुख बाँधेर आएका ५÷७ जनाको समुह गोली हान्दै नजिकै रहेको उखुबारीमा भागेका थिए । लुटेराहरुको कुटाईबाट घाईते भएका भारतीय नागरिक अशोक सहनीको कटहरियामा उपचार गराइएको थियो । सहनीबाट २ थान मोवाईल तथा एकहजार भारु लुटिएको छ ।