


रोल्पा, १ माघ : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गरेरै छाड्ने अठोट गर्नुभएको छ । आजदेखी रोल्पाको माडीचौरमा शुरु भएको रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रचण्डले शान्ति विरोधी षड्यन्त्रलाइ परास्त गरी प्रतिक्रान्तिकारीको योजना विफल बनाउन पार्टी एकढिक्का भएर जाने वताउनुभयो ।
उहाँले विश्वले नै अहिले शान्ति र संविधान निर्माणलाइ टुङ्गोमा पु¥याउने पार्टीका रुपमा देशको सवैभन्दा ठुलो र क्रान्तिकारी पार्टी माओवादीलाइ हेरिरहेको भन्दै जनताको भावना सम्वोधन गर्ने संविधान निर्माण गर्ने वताउनुभयो । देशको मुख्य कार्यभार पुरा गर्न पार्टीमा संघर्ष र वहस भइरहेको उहाँको भनाइ छ । सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एक हुने समयमा माओवादी पार्टी विचलित हुनै नसक्ने उहाँको भनाइ छ ।