Sunday, 20 May 2012 03:02 pm, Nepal

दुई बालक अपहरणमुक्त

मेचीकाली : 2012-01-16 14:43:20


महोत्तरी, २ माघ : महोत्तरीको मनरा–९ चौरियाबाट बिहीबार बिहान अपहरणमा परेका दुई बालक आज अपहरणमुक्त भएका छन् । चौरिया बस्ने किसुन मण्डलका छोरा १४ वर्षीय नरेश र नागेन्द्र मण्डलका छोरा पाँच वर्षीय शम्भुलाई अपहरणकारीहरुले आज दिउँसो १ः०० बजे महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका अगाडि छाडेका छन् ।

    अपहरणकारी धनुषा जिल्ला ढल्केवर गाविस–३ बस्ने प्रमोद बुढाथोकीका बुबा सूर्यबहादुरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएपछि चार दिनदेखि अपहरणमा रहेका बालक, दुवैलाई अपहरणकारीले आज जलेश्वरमा गोप्यरुपमा राखेर भागेका छन् ।

    अपहरणकारीले पीडित परिवारसँग शुक्रबार रातिदेखि रु १२ लाख र रु सात लाख फिरौती माग्दै आएकामा जिल्ला प्रहरीका नायब प्रहरी उपरीक्षक केदार खनालको अथक प्रयासले बालकद्वय निशर्त रिहा भएका छन् ।

    नगरपालिका चोकमा भेटाएका बालकद्वय अहिले जिल्ला प्रहरी कार्यालयमा रहेका छन् भने परिवारजन घरबाट आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु