Sunday, 20 May 2012 03:02 pm, Nepal

पश्चिमाञ्चल क्षेत्रीय अन्तरजिल्लास्तरीय खेलकुद महोत्सव

मेचीकाली : 2012-01-16 16:45:52


-तीस खेलमा दुई हजार खेलाडी प्रतिस्पर्धामा उत्रिने

कास्की–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा यही माघ४–१० गतेसम्म पोखरा रङ्गशालामा बृहत् पश्चिमाञ्चल क्षेत्रीय अन्तर जिल्लास्तरीय खेलकुद महोत्सव सुरु हुँदैछ । महोत्सवमा पश्चिमाञ्चलका १६ जिल्लाका दुई हजार ९८ जना खेलाडीले विभिन्न ३० वटा खेलमा प्रतिस्पर्धा गर्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सवमा ३९४ जना कर्मचारी, १०० स्वयम्सेवक र ५०० खेलाडी सहभागी हुने पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाले बताउनुभयो ।

    महोत्सवअन्तर्गत एथलेक्टिस, फुटबल, भलिबल, कराँते, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, भारोत्तोलन, टेबलटेनिस, उसु, आइटिएफ तेक्वान्दो, कबड्डी, फुल कन्ट्र्याक्ट कराँते, आर्चरी, लनटेनिस, सफ्टटेनिस, जिम्न्यास्टिक, जुडो, स्क्वास, सुटिङमा महिला पुरुष दुवै इभेन्ट्समा प्रतिस्पर्धा गराइनेछ ।

    महोत्सवमा २७९ स्वर्ण, २७९, रजत ३७९ कास्य गरी ९३७ पदकका लागि खेलाडी प्रतिस्पर्धामा उत्रिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु