Sunday, 20 May 2012 03:03 pm, Nepal

हिमपातका कारण जनजीवन प्रभावित

मेचीकाली : 2012-01-16 17:49:53


ताप्लेजुङ, २ माघ : दुई सातादेखि परेको हिमपातका कारण हिमाली जिल्ला ताप्लेजुङको जनजीवन नराम्ररी प्रभावित भएको छ । हिमपातका कारण चिसो बढेपछि मानिसहरूको दिनचर्या निक्कै कष्टकर बनेको छ । गत शुक्रबारदेखि मौसममा केही सुधार आई घाम लागे पनि आइतबार बिहानैदेखि हिमाली क्षेत्रमा पुनः हिउँ पर्न सुरु भएको र लगातारको हिमपातले जनजीवन प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।

    जिल्लाका ५० मध्ये दुई दर्जनभन्दा बढी हिमाली गाविसमा बाक्लो हिमपात भएको छ । अग्ला डाँडाकाँडा हिउँले भरिएपछि बढेको चिसोले सिङ्गो जिल्लाकै जनजीवन कष्टकर बनेको छ ।

    चिसोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएका छन् ।

    जिल्लाको ओलाङ्चुङगोला, घुन्सा, याङ्मा, फलेलगायतका बस्तीहरूमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीयवासीले बताएका छन् ।

    हिउँका कारण पधेँरो तथा धाराहरूमा पानी जमेकाले खानेपानीमा समस्या भएको छ । यत्तिखेर बस्ती नजिकैको तमोर नदीबाट पानी ल्याएर पिउने गरेको ओलाङ्चुङ्गोलाका स्थानीय छेतेनडण्डु शेर्पाले बताउनुभयो ।

    ओलाङ्चुङगोला, याङ्मा र घुन्साका बासिन्दाले खाद्यान्नलगायत दैनिक उपभोगका सामग्री  तिब्बतबाट आपूर्ति गर्ने गरेकामा हिमपातका कारण बाटो बन्द भएपछि खाद्यान्नको अभावसमेत देखिन थालेको बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु