


भद्रपुर, २ माघ : ताप्लेजुङमा आज लप्सीको दाना घाँटीमा अड्किएर एक बालकको ज्यान गएको छ । फुरुम्बु गाविस–५ बस्ने घनश्याम सिग्देलका चार वर्षीय छोरा मिलनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अचार खानको लागि साथीहरुसँग लप्सी खोज्न जङ्गल गएको बेला उनले पाकेको लप्सी खाएपछि दाना अड्किएर उनको मृत्यु भएको हो ।
लप्सी खोज्न गएका उनी नफर्किएपछि घाँटीमा दाना अड्किएर मृत्यु भइसकेको अवस्थामा उनका काकाले फेला पारेको थियो ।