


कैलाली, ३ माघ : कैलालीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ठक्करबाट मालाखेती गाविस ७ तेघरीकी ३५ वर्षीय सञ्जादेवी ओझा र उहाँकी छोरी १० वर्षीया रुपा ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीको गोदाबरीबाट अत्तरियाका लागि छुटेको ट्रकले सडकमा हिडिरहेका उनिहरुलाइ ठक्कर दिएको हो ।
यस्तै ठक्करबाट घाइते इन्द्रा महराको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।