Sunday, 20 May 2012 03:04 pm, Nepal

जुनसुकै बेला भुइँचालो जाने डरले गाउँलेको बारीमा बास

मेचीकाली : 2012-01-17 16:52:05


खोटाङ, ३ माघ : नेपालमा जुनसुकै बेला पनि विनाशकारी भुइँचालो जाने र त्यसले धेरै क्षति पु¥याउने विज्ञहरूको भनाइका आधारमा खोटाङको एक गाउँका समुदाय त्रसित बनेका छन् । भूकम्प जाने हल्लाको भरमा याम्खा–१, बार्लङका समुदाय विगत एकहप्तादेखि बारीको डिलमा पाल टाँगेर सुत्ने गरेका छन् ।

    स्थानीय शिक्षक प्रेमकुमार खत्रीले यस गाउँका करिब डेढ सय घर परिवारले गाईगोठ र बारीमै रात बिताउने गरेको बताउनुभयो ।

    बेलुकी सबेरै खाना खाएर उनीहरू सुत्नको लागि पाल टाँगेको ठाउँतिर जाने गरेका शिक्षक खत्रीले बताउनुभयो ।

    गाउँगाउँमा सूचनाको पहुँच पुग्न नसकेको र रेडियोबाट प्रसारण हुने सामग्रीकै प्रभावले समुदाय चिन्तित बनेका हुन् । रेडियो र टेलिभिजनबाट सकारात्मक सन्देश प्रवाह गर्ने प्रकारका सामग्री बज्ने गरे पनि समुदायले नकारात्मक तरिकाले बुझेपछि गाउँलेहरू त्रासदीपूर्ण दिन बिताउन बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु