


रौतहट, ४ माघ : रौतहट प्रहरीले भुमिगत जनतान्त्रिक मधेश मुक्ति मोर्चाका चार कार्यकर्ताहरुलाई हतियारसहित पक्राउ गरेको छ । प्रहरीले पिपरिया गाविसका गुलावी राय यादव, राम प्रवेश राय यादव, नरेश राय यादव र सुरेन्द्र दास तट्मालाई घरमा छापा मार्ने क्रममा हतियारसहित पक्राउ गरेको हो ।
गत पुस २५ गते स्थानीय बंकुल बजारका व्यापारी दिपक जैशवालको पसलमा बम राखेको अभियोगमा उनीहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट १२ बोरको नलकटुवा पेस्तोल एक थान र थ्रिफिप्टिन पेस्तोल बरामद गरेको छ ।