Sunday, 20 May 2012 03:04 pm, Nepal

प्रधानमन्त्रीलाई राजीनामा दिन खनालको सुझाव

मेचीकाली : 2012-01-18 14:45:35


लहान, ४ माघ : प्रधानमन्त्री डा.बाबुराम भट्टराईको सरकार राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने ठोकुवा गर्नुभएको छ । एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले अविलम्व राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार बनाउन मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । आज लहानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खनालले यही सरकारमा सामेल भएमा अरु पार्टी पनि चुर्लुम्मै डुब्ने दावी गर्नुभयो ।

साढे चार महिना समय मात्र बांकी छ, यस अवधिमा ऐतिहासिक संक्रमणकाल अन्त्य भएर शान्ति र संविधान निर्माण प्रकृया पुरा हुने कुरामा उहांले विश्वास व्यक्त गर्नुभयो । नेता खनालले सरकारले तथाकथित जनयुद्धकालमा जवर्जस्ति किनवेच गरेको जग्गालाई कानूनी मान्यता दिन गरेको निर्णय अति आपत्तिजनक भएको र त्यो निर्णय तत्काल खारेज गर्नु पर्ने माग गर्नुभयो । प्रधानमन्त्री भट्टराईले नेपालले आर्थिक विकास गर्न नसके चीन वा भारतमा मर्ज हुनुपर्ने दिन आउन सक्छ भनेर दिएको अभिव्यक्तिबारे पत्रकारको प्रतिक्रियामा खनालले भन्नुभयो ः सामान्य नागरिकले पनि बोल्न नहुने कुरा प्रधानमन्त्रीले बोल्नु दुखद हो । खनालले आजै लहानमा आयोजना हुने एमालेको अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु