


बुटवल, ४ माघ : बुटवलमा जारी ए डिभिजन राष्ट्रिय लिगको उपाधि विभागिय टिम पुलिसको पोल्टामा परेको छ । प्रतिद्वन्दी मनाङ मस्र्याङदी आजको खेलमा थ्रिस्टारसँंग बराबरीमा रोकिएपछि एक खेल खेल्न बाँकी छँदै पुलिसले उपाधि जितेको हो । एन्फा टेक्निकल सेन्टर बुटवलमा थ्रिस्टारले उपाधि होडमा रहेको मनाङलाई १÷१ को बराबरीमा रोकेपछि पुलिसलाई सहज जित हात परेको हो ।
खेलको ४१औं मिनेटमा विदेशी खेलाडी इसानको गोलबाट अग्रता लिएको थ्रिस्टारलाई ८२औं मिनेटमा गोल फर्काउँदै अनिल गुरुङले बराबरीमा पु¥याएका थिए । तर बाँकी समयमा गोल गर्न नसक्दा पुलिसलाई जित्ने मनाङको सपना अधुरै रह्यो । पुलिस ८ खेलबाट २० अंक बटुल्दै मनाङभन्दा ४ अंकले अघि छ भने समान खेलबाट १६ अंक पाएको मनाङले अन्तिम दिनको खेलमा पुलिसलाई जिते पनि उपाधि पुलिसकै पोल्टामा पर्नेछ । मनाङलाई आजको खेल जित्नै पर्ने बाध्याता थियो भने अर्को खेल पनि आफ्नै पक्षमा पार्न उसलाई निकै कठिन थियो । यसअघि आजै भएको पहिलो खेलमा हिमालयन शेर्पाले पोखराको संगम क्लबलाई ४—१ ले पराजित गरेको छ । जितसँगै शेर्पा १६ अंकसहित तेस्रो स्थानमा कायमै छ । प्रतियोगिताको विजेताले २५ पाउनेछ ।