Sunday, 20 May 2012 03:07 pm, Nepal

धनकुटाको राजारानीमा भीषण आगलागी हुँदा ५ जनाको मृत्यु

मेचीकाली : 2012-01-19 08:39:50


धनकुटा, ५ माघ : धनकुटाको राजारानीमा गएराति भीषण आगलागी हुँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । राति ९ बजेतिर भएको आगलागीबाट एकै परिवारका पाँचजनाको जलेर ज्यान गएको हो । आगलागीबाट गोविन्द कटुवाल, उहाँकी श्रीमती राधा कटुवाल, छोराहरु सुजन, सुशील र विराजको ज्यान गएको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक तीर्थ मगरले बताउनुभयो ।

आगलागीका कारण भिमकुमारी लिम्बु र गणेश दाहालको घरमा समेत क्षति पुगेको छ । आगलागीबाट ग्यास सिलिण्डर पड्केर नेपाल विद्युत् प्राधिकरण राजारानी फ्यूज शाखाका कर्मचारी उत्तम श्रेष्ठ घाइते हुनुभएको छ । आगलागी स्थानीयबासी इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी र धरानबाट गएको दमकलले नियन्त्रणमा लिएको थियो । आगो ताप्दै गर्दा घरमा आगो सल्केको आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु