Sunday, 20 May 2012 03:08 pm, Nepal

मध्यमस्र्याङ्दी तीन साताका लागि बन्द हुने, लोडसेडिङ बढ्ने

मेचीकाली : 2012-01-19 11:21:11


लमजुङ, ५ माघ : मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि २१ दिनका लागि बन्द हुने भएपछि सिङ्गो मुलुकसँगै लमजुङ जिल्लाले पनि थप लोडसेडिङ खेप्नुपर्ने भएको छ । लोडसेडिङको चर्को मार खेप्दै आएको मुलुकले अब माघको १५ गतेदेखि थप लोडसेडिङको मार खेप्नुपर्ने भएको हो ।

    परियोजनाको बाँध क्षेत्र र विद्युत्गृहमा समस्या आएर दुर्घटना हुने खतरा बढेपछि विद्युत् उत्पादन बन्द गरी मर्मत गर्न लागिएको केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो ।

    उहाँले परियोजनाको बाँध क्षेत्रमा रहेको जलाशयमा अनुमान गरेभन्दा बढी बालुवा भरिएकाले बालुवा फाल्नु पर्ने, जलाशयको पूरै पानी खाली गर्नुपर्ने हुनाले मर्मतमा समय लाग्ने बताउनुभयो ।

    सतरी मेगावाट क्षमताको परियोजनामा ३५/३५ मेगावाट को दुईवटा टर्वाइन जडान गरिएका छन् । रु १३ अर्ब ६५ करोडको लागतमा ४ वर्षमा सम्पत्र गर्ने लक्ष्यका साथ सुरु भएको मध्यमस्र्याङ्दी झन्डै दोब्बर समय र लागतमा तीन वर्षअघि निर्माण सम्पत्र भएको हो ।

    परियोजनाको परामर्शदाता जर्मन कम्पनी फिस्नरले गत वर्ष नै मर्मत गर्नुपर्ने भने पनि देशको विद्यमान लोडसेडिङका कारण मर्मत कार्य रोकिँदै आएको थियो ।

     नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक १४ घन्टाका दरले लोडसेडिङ गर्दै आएकोमा मध्यमस्र्याङ्दी मर्मतका लागि बन्द गरेपछि यो अवधि अरू बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु