Sunday, 20 May 2012 03:09 pm, Nepal

संसदीय प्रणालीबाट पछि नहट्ने कांग्रेस सभापति कोइरालाको भनाई

मेचीकाली : 2012-01-19 14:41:34


बुटवल, ५ माघ : नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले काङ्ग्रेस कुनै पनि हालतमा संसदीय प्रणलीबाट पछि नहट्ने बताउनुभएको छ । काङ्ग्रेसभित्रै शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन प्रणालीमा जानुपर्ने आवाज उठिरहेको वेला सभापति कोईरालाले संसदीय प्रणलीबाटपछि नहट्ने बताउनुभएको हो ।

आजदेखि रुपन्देहीको भैरहवामा शुरु भएको जिल्लास्तरीय ३ दिने कार्यकर्ता प्रशिक्षणलाई सम्वोधन गर्दै कोइरालाले शासकीय स्रुवपमा राष्ट्रपति र प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गर्नु भनेको तानाशाहलाई जन्माउनु भएको बताउनुभयो । उहाले आफ्नै पार्टीभित्रका बुद्धिजीवि भनिएकाहरुले प्रत्यक्ष निर्वाचित हुनुपर्छ भनेको भन्दै त्यो भ्रम मात्रै भएको टिप्पणी गर्नुभयो । सभापति कोइरालाले निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री स्वतः तानाशाही हुने र त्यसले आम नागरिकहरुले दुःख पाउने भएकाले संसदीय प्रणली नै उपयुक्त भएको तर्क गर्नुभयो ।

एक अर्को प्रसङ्मा कोइरालाले मुलुक माओवादीकै कारण बन्धक बनेको बताउनुभयो । उहा“ले माओबादी अझै पनि धाक धम्की र हतियारको बलमा देशमा शासन गर्न खोजेको भन्दै शान्ति प्रकृयामा आउन आग्रह गर्नुभयो । कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाण, दीप कुमार उपाध्याय लगायतले बोल्नुभयो । प्रशिक्षक प्रशिक्षणमा महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य खाँण, डा.मिनेन्द्र रिजाल, डा.प्रकाशशरण महत, गगन थापा, जेसिजका पूर्व अध्यक्ष महेश दाहाल लगायतले पार्टीको पृष्ठभूमि, चुनौति, पार्टीका समस्या र समाधानका उपायबारेमा प्रशिक्षण दिने काङ्ग्रेस रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु