Sunday, 20 May 2012 03:10 pm, Nepal

ढुङ्गाका ढकमा नजर कहिले ?

रासस : 2012-01-20 08:21:36


सुर्खेत, ६ माघ : उपभोक्ताहरुको खाद्य अधिकारको संरक्षण गर्न तथा व्यापारीहरुलाई समेत खाद्य अधिकारबारे जानकारी गराउने उद्देश्यले वाणिज्य कार्यालयले उपभोक्ता अभिमुखीकरणसम्बन्धी जनचेतनामूलक अभियानलाई तीव्र पारिरहेको छ ।    वाणिज्य कार्यालयले देशभर यो अभियान चलाइरहँदा मध्यपश्चिम क्षेत्रका  बजारहरुमा व्यापकमात्रामा वर्षौंदेखि प्रयोगमा ल्याइएका पुरानै ढकहरु प्रयोगमा रहेका छन् ।

    दसैँ–तिहारको समयमा वाणिज्य कार्यालयको अनुगमनले फेरि तीव्रता पाएको छ । उपभोक्ताहरुलाई खाद्य अधिकार तथा व्यापारीहरुलाई अखाद्य वस्तु बिक्री–वितरण नगर्न सल्लाह दिने उद्देश्यले अभियान चलाएको वाणिज्य कार्यालयले जनाएको छ ।

    वाणिज्य कार्यालयले यतिबेला गाँउगाँउमा रहेका उपभोक्ता तथा विद्यालयमा रहेका विद्यार्थीहरुमाझमा चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।     

    बजारका विभिन्न व्यापारीहरुले अझै पनि पहिलेदेखि नै प्रयोगमा ल्याउँदै आएका पुराना ढकहरु, ढुङ्गा तथा इँटाका ढकहरु प्रयोगमा ल्याइरहेका छन् ।

    फलामका ढकहरुसमेत पटकपटक चेकजाँच गरिनु त परै जाओस्, ढुङ्गा तथा इँटाका ढकहरु प्रयोग गरी उपभोक्ताहरुलाई ठग्दै आएका व्यापारीहरुलाई नापतौल विभागले अनुगमनको सिन्कोसमेत भाँच्न नसक्दा वर्षौदेखि उपभोक्ताहरु मारमा पर्दै आएका छन् ।

    यस क्षेत्रका सुर्खेत, बाँके, बर्दिया, दाङ्ग, सल्यान, रुकुमलगायत जिल्लाका विभिन्न बजार क्षेत्रमा मासु, फलफूल, तरकारी तथा किराना व्यापारीहरुले हालसम्म पनि ढुङ्गा तथा इँटाका ढकहरु प्रयोग गर्दै आए पनि विभागको भने यसतर्फ हालसम्म ध्यान जान सकेको छैन ।

    नापतौल ऐनबमोजिम ढुङ्गा तथा इँटाका ढकहरु प्रयोग गरी व्यापार गर्ने व्यापारीहरुलाई रु तीन हजारदेखि रु पाँच हजारसम्म जरिवाना हुने व्यवस्था रहेको वाणिज्य कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले बताउनुभयो ।

    पाण्डेका अनुसार सामान्य तथा किराना, फलफूल तथा तरकारी पसल गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरुलाई नापतौल ऐनअनुसार कारबाही गरिँदा उनीहरुको आर्थिक क्षमताले नभ्याउने भएकाले नियम लागु गर्न समस्या भएको हो ।

    यद्यपि पैसा कमाउने नाममा उपभोक्ताहरुलाई ठगी गर्ने व्यापारी तथा अखाद्य वस्तु मिसाएर बिक्री–वितरण गर्ने व्यापारीहरुलाई कानुनी कारबाही गरिनुपर्ने उपभोक्ताहरुको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु