Sunday, 20 May 2012 03:10 pm, Nepal

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सातजना अभियुक्त फरार

मेचीकाली : 2012-01-20 08:47:20


मकवानपुर, ६ माघ : अनुसन्धानका लागि हिरासतमा राखिएका सात जना अभियुक्तहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट फरार भएका छन् । उनीहरू आज बिहान ४ बजेको आसपासमा फरार भए पनि प्रहरीले भने साढे ५ बजे मात्रै थाहा पाएका हुन् ।उनीहरूले लागू औषध कारोबारमासंलग्न रहेको आशङ्कामा अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।

हिरासतको झ्यालढोका कतै तोडफोड नभएकोले सुरक्षाका लागि राखिएका गार्डकै मिलोमतो फरार भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले पाँचै जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर घटनाबारे अनुन्धान प्रक्रिया सुरु गरेको प्रहरी निरीक्षक इन्द्र सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु