


महोत्तरी, ६ माघ : महोत्तरीको बर्दिवासमा एकिकृत सेवा केन्द्र र आन्तरिक राजश्व कार्यालयको ईकाई कार्यालय बर्दिवासमा स्थापना गर्ने निर्णय कार्यान्वयनको माग गर्दै गठीत संघर्ष समितिले गरेको बन्दका क्रममा भएको झडपमा प्रहरीले २४ राण्उण्ड हवाईफायर र १० राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । प्रहरीले लाठी चार्ज गर्नु शुरु गरेपछि झडप भएको थियो ।
प्रहरीको कुटाईबाट ४५ वर्षीय विजय सिंह, १९ वर्षीय सुनील जयसवाल र २० वर्षँीय निरज अधिकारी घाईते भएका छन् । घाईतेको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । उनीहरुको बर्दिवासका स्थानिय अस्पतालमा उपचार भईरहेको छ । आन्दोलनकारीले हानेको ढुङ्गा लागेर ५ प्रहरी पनि घाईते भएका छन् । बन्दका कारण पुर्व पश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन् । आन्दोलनकारीले बर्दिवास स्थित राजमार्गको भोला बसनत चौकमा पाल टाँगेर रिले अनसन वसिरहेका छन् ।