Sunday, 20 May 2012 03:11 pm, Nepal

औद्योगिक प्रदर्शनी सम्पन्न, उद्यमी पुरस्कृत

मेचीकाली : 2012-01-20 17:23:42


नुवाकोट, ६ माघ : घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटबाट घरेलु उत्पादनको प्रवद्र्धन गर्नका लागि विदुरमा सञ्चालित क्षेत्रीयस्तरीय औद्योगिक प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनी समापनका अवसरमा उत्कृष्ठ उद्यमीलाई पुरस्कृत गरिएको छ । प्रदर्शनीमा नुवाकोट, रसुवा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोकका उद्यमीद्वारा उत्पादित सामग्री राखिएको थियो ।

    जिल्लामै पहिलो पटक भएको प्रदर्शनी चार दिनसम्म चलेको थियो । इलम प्रशिक्षण केन्द्रमा सञ्चालित क्षेत्रीय औद्योगिक प्रदर्शनीमा नुवाकोटसहित सात जिल्लाका ६५ वटा स्टल सहित उद्यमी सहभागी भएका थिए । चार दिनमा ५० हजार रुपैयाको कारोबार भएको आयोजकले जनाएको छ ।

    प्रदर्शनी समापनका अवसरमा ढाका वस्तु समूहतर्फ मन्थली रामेछापका पार्वती माझी, तयारी पोसाकतर्फ विदुर नगरपालिका वडा नं. ४ बट्टारकी शान्ति प्रधान, विविधतर्फ विदुर–१ ढुङ्गेका ज्ञानलाल खाती, खाद्य तथा पेयतर्फ सिन्धुपाल्चोकका जितबहादुर गिरी, हस्तकलातर्फ सिन्धुलीका रामबहादुर किङरिङ र उनीवस्तुतर्फ धैबुङ रसुवाका कोमलनाथ न्यौपाने प्रथम भई जनही रु पाँच÷पाँच हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रदर्शनीमा ढाकावस्तुुतर्फ विदुर–६, इनारपाटीका जानुका कुमाल, तयारी पोसाकतर्फ माझीटारका सविना श्रेष्ठ, खाद्य तथा पेयतर्फ धुन्चे रसुवाका हिमालयनकुमार श्रेष्ठ, हस्तकलातर्फ काठमाडौंँ(का सरोज थापा, छालावस्तुतर्फ विदुर–१ढुङ्गेका किसन मिजार, उनी वस्तुतर्फ मनकामनाका सुकुमाया तामाङ र विविधतर्फ खानीगाउँका तुलबहादुर विश्वकर्माले द्वितीय भई रु दुई÷दुई हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

    यसैगरी, ढाका समूहतर्फ जुनकुमारी तामाङ, खोपबहादुर ओझा, तयारी पोसाकतर्फ मैया नेपाली र सावित्री देवकोटा, खाद्य तथा पेयतर्फ हरिशङ्करप्रसाद, केशव न्यौपाने र गणे शेर्पा, हस्तकलातर्फ लक्ष्मी गिरी र सञ्जु थापा मगर र विविधतर्फ सानुमैयाँ राजभण्डारी सान्त्वना स्थानमा रही रु एक÷एक हजार जित्न सफल हुनु भएको छ ।

    विजयीलाई प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटी र नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष शरणउत्सुक सापकोटाले प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु