Sunday, 20 May 2012 03:14 pm, Nepal

घुस नदिएको भन्दै लाठि चार्ज

मेचीकाली : 2012-01-21 08:51:36


सिरहा, ७ माघ : वडा प्रहरी कार्यालय लहानका घुमुवा प्रहरी असर्फी साहलाई व्यापारिले घुस नदिदा घुमुवा प्रहरीद्धारा जर्वजस्ती लाठी चार्ज गरिएको छ । प्रहरीले उनीहरुबाट बीस हजार माग गरेको पीडित व्यापारिहरुले बताएका छन् ।  भारतबाट राजश्व तिरेर लहानमा सामान बेच्न ल्याएको सात व्यापारीलाई हिजो साँझ प्रहरीले लहानमा निर्घात कुटपिट गरेका हुन्  ।

 वडा प्रंहरी कार्यालय लहानका घुमुवा प्रहरी हवलदार असर्फि साहलाई घुस नदिएपछि थप प्रहरी टोली बोलाई भारतीय खसी व्यापारीलाई निर्घात कुटपिट गरिएको छ  । प्रहरीको कुटाईबाट भारत मधुवनी पिपराहीका व्यापारि तुफेल अन्सारी, मोहम्मद जिवरिल, मोहम्मद मुस्तफा, हारुण अन्सारी, मो. नसरुल  तथा स्थानीय सप्तरी पनसेरा निवासी मो. मुरतुज अंसारी, लहान १० का कृपाल राम घाईते भएका छन् । व्यापारीहरुलाई कुटपिट गर्दा बेच्नका लागि ल्याएको १ सय ८ खसीमध्ये ८ वटा खसी बेपता भएको पीडित व्यापारीहरुले बताएका छन् । ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु