Sunday, 20 May 2012 03:15 pm, Nepal

सिरहा नगरपालिकामा भीषण आगलागी

मेचीकाली : 2012-01-22 16:21:24


सिरहा, ८ माघ : सिरहा नगरपालिका ५ मानपुरमा भीषण आगलागी भएको छ । आईतबार दिउसो सुरु भएको आगलागीबाट ११ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । दिउसो १२ बजे भान्सामा रहेको चुल्होबाट सल्किएको आगो फैलिएपछि ६ परिकारका ११ घर जलेका हुन् । आगलागीबाट लाखौँ धन सम्पति जलेर नष्ट भएको छ ।

आगलागीमा स्थानिय मना सदा, रामदेव सदा, रामविलास सदा, नथुनी सदा लगायतको घर जलेर नष्ट भएका छन् । घरमा रहेको लत्ताकपडा, अन्न र नगद समेत जल्दा करिब १५ लाख बराबरको क्षेति भएको  एमालेका स्थानीय नेता दिनेश यादबले जानकारी दिनुभयो । दिउसो १२ बजेबाट सुरु आगलागी स्थानियबासी र जिल्ला प्रहरी कार्यालय सिरहाबाट गएको प्रहरीको संयुक्त प्रयासमा एक घण्टापछि नियन्त्रणमा आएको थियो । 

 

सिरहा सदरमुकाममा दमकल नहुँदा यसआसपासका क्षेत्रमा आगलागी हुँदा बढी धनमालको क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु