Sunday, 20 May 2012 03:18 pm, Nepal

पूर्वमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु

मेचीकाली : 2012-01-23 08:59:40


सुनसरी, ९ माघ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा आज बिहान मालबाहक ट्रक पल्टिँदा सात जनाको मृत्यु भएको छ  । दुर्घटनामा परी घाइते भएका पकली–३ का ६५ वर्षीय कृष्ण राउत, ४० वर्षीय तारा राउत र ४२ वर्षीय बाबुराम राउतको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै दुर्घटनामा ३५ वर्षीय कमला केसी, दिक्षा राउत र ९ वर्षीय बालिका शारदा राउतको पनि मृत्यु भएको छ ।

पश्चिमबाट चामल लिएर पूर्वतर्फ जाँदै गरेको ना ४ ख ७९६ नम्बरको ट्रक अनियन्त्रित भई विपरीत साइडमा पल्टिँदा काठमाण्डौ आउने बस चढ्न सडक छेउमा बसेका उनीहरुलाई ट्रकले किचेको प्रहरीले जनाएको छ । घाइते चार जनाको इटहरी र धरानमा उपचार भइरहेकोे छ । यसैबीच, पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको डाँगीहाटमा गएराति भएको मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । विराटनगर १७ का पंकजराज घिमिरे र दोलखाका उत्तम पोखरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु