


सिन्धुली, ९ माघ : एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले प्रधानन्त्री डा बाबुराम भट्टराई नजिकिन खोजेपछि भारतले नेपालको आर्थिक र सीमा क्षेत्रमा हस्तक्षेप गरेको बताउनु भएको छ । अखिल नेपाल राष्ट्रिय बुद्धिजीबि संगठनको आयोजनामा आज सिन्धुलीमाढीमा भएको कार्यक्रममा प्रधानमन्त्रिको यस्तै क्रियाकलाप बढ्दै जाने हो भने नेपाल कंगाल राष्ट्र हुनुको बिकल्प नभएको तर्क गर्नुभयो ।
प्रधानमन्त्री भट्टराईले भारतमा बिप्पा सम्झौता गर्नु राष्ट्रघाति भएको टिप्पणी गर्दैै सचिव गजुरेलले नेपाल जस्तो गरिब मुलुकका लागि राष्ट्रियता महत्वपूर्ण कुरा भए पनि त्यसमा ख्यालै नगरीएको बताउनुभयो ।