Sunday, 20 May 2012 03:20 pm, Nepal

पेयपदार्थका स्वदेशी उत्पादन बजारमा

रासस : 2012-01-23 16:36:42


पर्वत, ९ माघ : अब केही समयपछि गर्मी मौसम सुरु हुँदैछ । तपार्इँ स्वादिलो र धित मर्नेगरी विभिन्न स्वादमा बनेका पेयपदार्थ पिउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब म्याद नाघेका, गुणस्तरहीन र बाह्य देशबाट आयातीत वस्तु खोजिरहनु पर्दैन । बजारमा बहुर्राष्ट्रिय कम्पनीमार्फत उत्पादित विभिन्न किसिमका पेयपदार्थ बिक्री वितरण भइरहेका बेला पर्वतमा पहिलो पटक पेयपदार्थ उत्पादन उद्योग सञ्चालनमा आएको छ ।

    अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न पर्वतका एक उद्योगीले कुश्माकोला ब्राण्ड बजारमा ल्याएका छन् । अन्तर्राष्ट्रिय उत्पादन भए पनि नेपालमा अत्याधिक रुपमा बजार जमाएको कोकाकोला जस्तै पर्वतका उद्यमी विनोद कर्माचार्यले कुश्माकोलाको उत्पादन गर्न थाल्नुभएको हो ।

    कर्माचार्य ब्रदर्स मिनिरलवाटर एन्ड बेभरेज इन्ड्रस्ट्रिजमार्फत उक्त उत्पादन थालिएको हो । उक्त इन्ड्रस्टिजबाट कुश्माकोलासँगै एक्वा पर्वत मिनिरलवाटर, फ्रेन्ड ड्रिङ्स, स्माइल ड्रिङ्स, माउन्ट ड्रिङ्स, विश्वास सोडालगायतका उत्पादन बजारमा आएका छन् ।

    कर्माचार्य आफूसँगै अर्का एकजना प्राविधिकलाई तीन महिने तालिम प्रदान गरी उत्पादनमा लागेका हुन् । भारतको एक कम्पनीसँग सम्झौता गरी कोकाकोलाको स्वादमा कुश्माकोला र फेन्टाको स्वादमा फ्रेन्ड डिङ्स उत्पादन गरिएको उहाँले जानकारी दिनुभयो ।

    कर्माचार्य ब्रदर्श मिनिरलवाटर एन्ड बेभरेज इन्ड्रस्ट्रिजमार्फत उत्पादित वस्तु बजारमा बिक्री हुन थालेपछि बहुराष्ट्रिय कम्पनीमार्फत उत्पादित, कोक, फेन्टा, ड््यु, मिनरलवाटर, पेप्सीलगायतका बाहिरबाट आयातीत हुने सामग्रीको वितरणमा कमी आएको व्यवसायी बताउँछन् ।

    करिब दुई महिना अगाडिदेखि थालिएका उत्पादनले मौसमअनुसार उच्च बजार पाएको सञ्चालक कर्माचार्यले बताउनुभयो ।

    स्थानीयस्तरमै पाइने वस्तुलाई अत्याधुनिक मेसिनमार्फत प्रशोधन गरेर उत्पादन गरिएकाले उपभोगका लागि गुणस्तरीय भएको उहाँको दाबी छ । उहाँले हालसम्म छ हजार कार्टुनले बजार पाइसकेको बताउँदै सिजनको समयमा अधिकतम रुपमा बजार पाउने आशासमेत व्यक्त गर्नुभयोे ।

    कर्माचार्यले एकवर्ष अगाडिदेखि एक्वा पर्वत मिनिरलवाटर उत्पादन गर्दै आए पनि कुश्माकोलालगायतका अन्य उत्पादन भने पछिल्लो समयमा थप गर्नुभएको हो । उहाँले हालसम्म रु एक करोड ५० लाखको लगानी पुगिसकेको जानकारी दिनुभयो । उत्पादनका लागि इन्डस्ट्रिजमा २४ जनाले रोजगारी समेत पाएका छन् ।

    उत्पादित सामाग्री कुश्माबजारलगायत बेनी, बागलुङ, पोखरा, नेपालगञ्ज, चिनवन, तनहुँ, गोरखा, धनगढीलगायत एक दर्जनभन्दा बढी जिल्लामा बिक्री वितरण भइरहेको छ । उहाँले यसको बजारीकरण र उत्पादनको मात्रालाई अझै बढाउने योजना रहेको बताउनुभयो । बजारको प्रशस्त सम्भावना देखेर उहाँ करोडाँै रुपैया लगानी गरिएको बताउनुहुन्छ ।

    उक्त उत्पादनको पर्वत उद्योग वाणिज्य सङ्घको २९ आँैं साधारसभाका अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले सार्वजनिक गर्नुभएको छ । सो अवसरमा राजकर्णिकारले विदेशी उत्पादनसँगै प्रतिस्पर्धा गर्दै उत्पादन गरेका सामग्रीको बजारका लागि सम्पूर्ण व्यवसायीलाई आग्रह गर्दै थप गुणस्तरीय बनाउन सुझाव दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु