Sunday, 20 May 2012 03:20 pm, Nepal

यात्रुबसमा बम विष्फोट

मेचीकाली : 2012-01-24 10:34:54


दाङ, १० माघ  : अज्ञात समूहले दाङको तुलसीपुरमा मंगलबार विहान यात्रु चढ्दै गरेको बसमा बम बिष्फोट गराएको छ । तुलसीपुरबाट रुकुमको झुल्नेटा जाने तयारीमा रहेको ना ३ ख ३०७४ नम्बरको बसमा यात्रु वस्दै गर्दा बम बिष्फोट भएको प्रहरीले जनाएको छ । बसमा केही यात्रु चढिसकेका थिए भने केही चढ्ने तयारीमा थिए । बिष्फोटनबाट मानवीय क्षति नभए पनि बसमा क्षति पुगेको छ ।

बसका झ्यालका शिसाहरु फूटेका छन् भने चालकलाई सामान्य चोट लागेको तुलसीपुर टिकट काउन्टर इञ्चार्ज मोहन पुरीले जानकारी दिए । यात्रु राख्दै गरेको वसको पछाडिको सिटमा झोलामा राखीएको बम बिष्फोट भएको हो । बम बिष्फोटन भएपछि यात्रुहरुलाई अर्को गाडीमामार्फत गन्तव्यतर्फ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु