


नवलपरासी, १० माघ : पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मुकुन्दपुर १ वेल्डियामा हिजो साँझा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । लु १ ख ७९०८ नम्मरको यात्रुवहाक वस पल्टदा २२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार मृत्यु हुनेमा बस चालक नारायणप्रसाद पन्थी र प्रमोद लामा रहेको छन् ।
पोखराबाट भैरहवा आउदै गरेको बस अनियन्त्रित भएर सडकबाट पल्टिएको प्रहरीको भनाइ छ । घाईतेहरुको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।
यस्तै काठमाडौंको कलंकीमा बसको ठक्करबाट खोटाङ घर भएका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो विषयका प्रतिक्रियाहरु
tara prasad bhattarai:Jan 24, 2012 04:22:53 PM
कृपया खबर दिंदा पूर्ण रुपमा विस्तार सहित दिनुहोला घाइते हुनेहरुको पनि जानकारी उपलब्ध गरौना विनम्र अनुरोध गर्दछु