


पाल्पा, १० माघ : पेट्रोलियम पर्दाथको मुल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कालो झण्डा देखाएका छन् । मगरात र तमुवान राज्यस्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पाल्पाको तानसेन आएका प्रधानमन्त्री भट्टराई र स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीलाई विद्यार्थीले तानसेन बजारमा कालो झण्डा देखाएका हुन् ।
मुल्यवृद्धि विरुद्ध पाल्पा बन्द गरेका नेविसंघ, अनेरास्ववियु र अखिल छैठौँले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा प्रर्दशन पछि तानसेनको टुँडिखेलमा टायर बाल्न खोजेका विद्यार्थीहरुको भीडलाई लाठीचार्ज गरि प्रहरीले तितरवितर बारेको थियो । विद्यार्थीहरुले कालोझण्डा प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै मुस्ताङ गाडी चडेर लोकपप्रिय बन्न खाजेका भट्टराई हेलिकप्टरमा आएको भन्दै ब्यङ्ग्य समेत गरे ।
पाल्पाका ३ विद्यार्थी सगंठनले आह्वान गरेको पाल्पा बन्दका कारण शैक्षिक संस्था, यातायात र पसल तथा बजार ठप्प छन् ।
पार्टीको प्रशिक्षणमा सहभागी हुन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,उपाध्यक्ष मोहन वैद्य ‘किरण’, प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष बाबुराम भट्टराई लगायतका माओवादी शीर्ष नेता पाल्पा आएका छन् । बुधबारसम्म चल्ने प्रशिक्षणमा शान्ति प्रकृया, संविधान निर्माण र सेनासमायोजनका बारेमा नेताहरुले प्रशिक्षण दिने माओवादीको मगरात राज्य समितिले जनाएको छ ।