Sunday, 20 May 2012 03:24 pm, Nepal

यो सरकारले नै राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिने प्रधानमन्त्रीको दावी

मेचीकाली : 2012-01-24 17:45:42


पाल्पा, १० माघ : प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो सरकारले नै राष्ट्रिय सरकारको स्वरुप लिने दावी गर्नु भएको छ । पाल्पा पुग्नु भएका प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाएर आफ्नै नेतृतवका शान्ति र संविधान निर्माण पुरा हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री भट्टराईले माओवादी जनसत्ताले गरेको जग्गा कारोवारलाई मान्यता दिन नखोजेको बताउनुभयो ।

 “त्यतिबेलाका दस्तावेजलाई कानुनसँग दाज्नमात्रै खोजेको हो जस्ताको तस्तै मान्यता दिने भनेको होइन” प्रधानमन्त्रीले भन्नुभयो । उहाँले पेट्रोलियम पदार्थको मुल्यबृद्धि सरकारका कारण नभएको बताउनुभयो । माग अनुसारको आपूर्ति नभएका कारण वाध्य भएर पेट्रोलियम पदार्थको मुल्य बढाउनु परेको हो प्रधानमन्त्रीको भनाई थियो । कालो बजारी नियन्त्रण गरि सर्वशुलभ आपूर्ति गरिने र गरिव , विद्यार्थीका लागि सहुलियत कार्यक्रम ल्याउने प्रधानमन्त्रीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा छोटो प्रतिक्रिया दिनु भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारीक रुपमा माओवादी एक भइसकेको दावी गर्नुभयो । केही सैद्धान्तिक विवाद भएपनि त्यसलाई बहसबाट हल गरिने उहाँले बताउनुभयो । यसैबीच, रात तथा तमुवानका नेता कार्यक्रता लाई प्रशिक्षण तथा पार्टिको पछिल्लो रणनिती सर्कुलर गर्न पाल्पा आएका माओवादीका शिर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहल, उपाध्यक्ष तथा प्रधानमन्त्री डाक्टर वावुराम भटराई र उपाध्यक्ष मोहन बैद्य किरण चढेको हेलिकप्टर टुडिखेलमा अवतरण हुदा मुल्य वृद्धिको कारण आक्रोसित विद्यार्थीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका थिए । उनीहरुले मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै नारावाजी समेत गरेका थिए । कालो झण्ढा देखाउने कार्यक्रममा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी भने सहभागि थिएनन । प्रशिक्षणमा मगरात तथा तमुवान राज्य समिति अन्तरगतका १७ जिल्लाका करिव ७ सय कार्यकर्ता सहभागी भएको मगरात राज्य समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु