Sunday, 20 May 2012 03:25 pm, Nepal

भारी मात्रामा युद्धका सामग्री फेला

मेचीकाली : 2012-01-25 13:38:42


खोटाङ, ११ माघ : खोटाङको नुनथला गाविस–४ मा भारी मात्रामा युद्ध सामग्री फेला परेको छ । बारीमा गोरु जोत्दै गर्दा बम बनाउन प्रयोग गरिने ४० थान डेटोनेटर गाडेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिले बिहान १०ः३० बजेतिर सो सामग्री फेला परेको जनाइएको छ ।

गाउँलेले प्रहरीलाई यसबारे जानकारी गराएपछि, नुनथलास्थित प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गएको जनाइएको छ । उक्त सामग्री पूर्वी पहाडी जिल्लामा भूमिगतरुपमा सशस्त्र गतिविधि गर्दै आएका किराँत जनवादी वर्कर्स पार्टीले जमिनमा गाडेर राखेको हुन सक्ने जनाइएको छ । सो स्थानमा अन्य युद्ध सामग्री फेला पर्ने आशङ्कामा प्रहरीले खोजतलास गरिरहेको प्रहरी स्रोतले जनायो । गतवर्ष पनि सोही स्थानमा भारी मात्रामा युद्ध सामग्री बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु