Sunday, 20 May 2012 03:26 pm, Nepal

‘झुक्याउने खेल भयो’

मेचीकाली : 2012-01-25 14:50:20


बुटवल, ११ माघ : नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सरकारले देश र जनतालाई झुक्याउने खेलमात्र खेलेको बताउँदै यो सरकारलाई हटाउनुपर्ने बताउनुभएको छ । एमाओवादीले विभिन्न बखेडा झिकेर शान्ति प्रक्रिया अवरुद्ध पारेको कुरा उल्लेख गर्दै उहाँले एमाओवादी इमान्दार नभएसम्म नयाँ संविधान नबन्ने स्पष्ट पार्नुभयो ।

    नेपाल पे्रस युनियन रुपन्देहीद्वारा आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्री महतले नयाँ कुरा अघि सारेर एमाओवादीले ध्यान अन्यत्र मोड्न खोजेको आरोप पनि लगाउनुभयो ।

    एमाओवादी र मधेसी मोर्चाको एकआपसका स्वार्थ पूरा गर्ने अवसरवादी गठबन्धनबाट बनेको वर्तमान सरकारले गरेका अवैधानिक र आपत्तिजनक निर्णयहरु तत्काल खारेज हुनुपर्ने कुरामा जोड दिँदै नेता महतले वर्तमान सरकार मुलुकको इतिहासको भ्रष्टाचार र कुशासनको नमुना सरकार भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु