Sunday, 20 May 2012 03:27 pm, Nepal

दसौँ आहा गोल्डकपको सम्पूर्ण तयारी पूरा

मेचीकाली : 2012-01-25 20:24:48


पोखरा, ११ माघ । सहारा क्लब पोखराको आयोजनामा यही माघ १७ देखि २८ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने दसौं आहा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । “खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद, पर्यटन सहरको रुपमा स्थापित गरौँ’’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा  १२ टीमको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब, मेघा थ्री स्टार क्लब, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब, यति हिमालयन शेर्पा क्लब, सामसुङ जाउलाखेल युथ क्लब, आरसिटी, अफ्रिकन युनाइटेड क्लब, पूर्णे एफसी भारत, धरान फुटवल क्लब, रुपन्देही–११, एन्फा अन्डर १७ र सहारा क्लब पोखरा टीम छन् ।

    प्रतियोगितामा विजेता टीमलाई रु दुई लाख र उपविजेता टीमलाई रु  एक लाख पुरस्कार दिइने क्लबले जनाएको छ ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई यामाहा मोटरसाइकल, सर्वाधिक गोलकर्तालाई पुरस्कार रु  १५ हजार दिइनेछ ।

    यसैबीच, आहा गोल्डकप आगामी १० वर्षसम्म सञ्चालनका लागि हिमश्री फुड्स प्रालि र सहारा क्लबबीच सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु