


नवलपरासी, १२ माघ : पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत नवलपरासीको गैडाँकोट–२ मा बसको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ । भैरहवाबाट काठमाडौँ तर्फ जादैँ गरेको लु १ ख ६२७१ नम्बरको यात्रुबहाक बसले गैडाँकोटको भृकुटीचोक नजिकै राजमार्गमा बसको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो । अन्दाजी २०/२५ वर्ष जस्ते देखिने मृतकको सनाखत हुन भने बाँकी नै रहेको नवलपरासी प्रहरीले जनाएको छ ।