Sunday, 20 May 2012 03:30 pm, Nepal

विद्यार्थीमाथि ज्यादती गरेको भन्दै आज तेस्रो दिन पनि धनुषा बन्द

मेचीकाली : 2012-01-26 08:45:19


जनकपुर, १२ माघ : शान्तिपूर्ण जुलुशमा प्रहरीले ज्यादती गरेको भन्दै विद्यार्थी संघसंगठनहरुले आज तेस्रो दिन पनि धनुषा बन्द जारी राखेका छन् ।  पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले हिजो जनकपुर नगरमा शान्तिपूर्ण जुलुश प्रदर्शन गरिरहेको बेला प्रहरीले ज्यादती गरेपछि उनीहरुले लगातार दोश्रो दिन धनुषा जिल्ला बन्दको आव्हान गरेका हुन् ।

विद्यार्थी संघ संगठनको हिजो बेलुका बसेको बैठकले शान्तिपूर्ण जुलुशमाथि प्रहरीले गरेको हस्तक्षेपको भत्र्सना गर्दै आज पनि बन्द कार्यक्रम जारी राखेका हुन् ।  यसअघि हिजो बिहान प्रदर्शनकारी र प्रहरीबीच जनकपुरको पेठीया बजार र थापा चोकमा हिजो झडप भएको थियो । झडपमा आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् । विद्यार्थीहरुको आन्दोलनमा नागरिक सरोकार संघर्ष समितिले पनि समर्थन जनाएको छ । संघर्ष समितिले एक विज्ञप्ति जारी गरी प्रदर्शनको क्रममा विद्यार्थीहरुमाथि प्रहरी लगायत केही व्यक्तिहरुले गरेको कुटपीटको घटनालाई भात्सर्ना  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु