Tuesday, 22 May 2012 02:57 pm, Nepal

फोरम(लोकतान्त्रिक)का जिल्ला अध्यक्षमाथि गोली प्रहार

मेचीकाली : 2012-01-26 10:25:43


लहान, १२ माघ : मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) सिरहाका जिल्ला अध्यक्ष रामचरित्र साहमाथि गएराति अज्ञात समूहले गोली प्रहार गरेको छ । राति करिब एक बजेतिर कोखामा एक गोली लागेर घाइते हुनुभएका साहको अहिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

सिरहा दुर्गापुर १ स्थायी घर हुनुभएका साहलाई छिमेकी गाविस असनपुर– ६ स्थित उदयनारायण महतोको घरमा सुतिरहेका बेला अज्ञात व्यक्तिले गोली प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीले गोली हात्राका कारण नखुलाए पनि साहको त्यस घरकी महिलासँगको सम्बन्धलाई लिएर अज्ञात व्यक्तिले गोली हानेको हुनसक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका छन् । स्थानीय गाउँलेका अनुसार साहलाई केही महिनाअघि गाउँलेले घरमै नियन्त्रणमा लिएर कुटपिट गरी आइन्दा त्यस घरमा आवतजावत नगर्ने कबोल गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु