


स्याङ्जा, १२ माघ : प्याराग्लाइडिङका लागि स्याङ्जाको स्वरेक आएका एक फ्रान्सेली नागरिकको हृदयघातका कारण मृत्यु भएको छ । पोखराबाट माघ १० गते प्यारागलाइडिङका लागि स्याङ्जा आएका ५२ वर्षीय बनार्ड फोर्डको आज स्वरेक–१ महापुरमा मृत्यु भएको हो । बिहान खाजा खाएर गाउँ घुम्न निस्किएका फोर्डको मृत्यु भएको कुरा वडा प्रहरी कार्यालय वालिङले पुष्टि गरेको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताउनुभयो ।
मृतक फोर्डका साथमा फ्रान्सेली नागरिक २४ वर्षीय थोमस डलिजल्ट र ४१ वर्षीय वेरिस भिन्सेन्ट प्याराग्लाइडिङका लागि पोखराबाट स्याङ्जा आएका थिए । रासस