Tuesday, 22 May 2012 03:00 pm, Nepal

माओवादी शीर्ष नेताहरु बाँके जाने

मेचीकाली : 2012-01-27 08:43:02


बाँके, १३ माघ : एकीकृत नेकपा माओवादीको भेरी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा कोहलपुरमा चलिरहेको बेला एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु आज बाँके आउँदैछन् । पार्टीको पश्चिम व्यूरोस्तरीय थारुवान राज्य, भेरी कर्णाली, सेती महाकाली राज्य समितिका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन नेताहरू बाँके आउन लागेका हुन् ।

 कार्यक्रममा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, प्रधानमन्त्री डा. बाबुराम भट्टराई महासचिव रामबहादुर थापा बाँके आउनलाग्नुभएको हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाको चिसापानीस्थित मेडिकल कलेजको हलमा हुने प्रशिक्षण कार्यक्रममा नेताहरूले कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुहुनेछ । यसैगरी आज दिउँसो ४ बजे कृष्ण मावि कौशीलानगरको प्राङ्गणमा हुने जनसभालाई पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीका थारुवान राज्य सचिवालय सदस्य पिनु थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु