Tuesday, 22 May 2012 03:01 pm, Nepal

राष्ट्रको एकता, अखण्डता र स्वाभिमान बचाउन राष्ट्रपतिको आग्रह

मेचीकाली : 2012-01-27 19:51:05


गजुरी (धादिङ), १३ माघ : राष्ट्रपति रामवरण यादवले राष्ट्रको एकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमान बचाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । धादिङको बैरेनी गाविस–९ मा रहेको बागेश्वरी उच्चमाध्यमिक विद्यालयको स्वर्ण महोत्वसको उद्घाटन गर्दै राष्ट्रपति यादवले सो कुरा बताउनुभएको हो ।

    उहाँले जनताले लोकतान्त्रिक गणतन्त्रको सस्ंथागत विकास, शान्ति प्रक्रियाको सफलता र  लोतान्त्रिक गणतान्त्रिक संविधान चाहेकाले नेपालीको अनुहार उज्यालो पार्ने हो भने राजनीतिक दलहरु र सरकारले यस कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो ।

    राष्ट्रपति डा यादवले सबै पार्टीका नेताले सोचेर देशको आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्नका लागि अपिल गर्दै जलस्रोत र पर्यावरणका रुपमा रहेको अपार वनजङ्गललाई जोगाउनुपर्नेमा जोड दिनुभयो ।

    वनजङ्गलको संरक्षण नगर्ने र हाल नासिँदै गएको चुरेको चुरे क्षेत्रलाई जगेर्ना नगर्ने हो भने आगामी २०÷३० वर्षमा हिमालमा हिउँ नरहने र तराईमा पानी खान नपाइने स्थिति आउने बताउँदै उहाँले संसद, मन्त्री, राजनीतिक दलहरुले तत्कालै यसबारेमा सोच्न आग्रह गर्नुभयो ।

    स्वर्णमहोत्सव उद्घाटन कार्यक्रममा विज्ञात तथा प्रविधिमन्त्री कल्पना धमला, सभासद् शालिकराम जमरकट्टेल, पूर्वस्थानीय विकासमन्त्री राजेन्द्रप्रसाद पाण्डे, पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधरलगायतको उपस्थिति रहेको थियो ।

    विसं २०१९ मा चौताराबाट सुरु भएको सो विद्यालय अहिले सुविधा सम्पन्न भवन, विज्ञान ल्याब, पुस्तकालय रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु