Tuesday, 22 May 2012 03:02 pm, Nepal

भारतीय नहरमा पानी छाडियो, नेपाली नहरमा सुख्खा

मेचीकाली : 2012-01-28 09:45:53


परासी, १४ माघ : नवलपरासीमा भारतीय पक्षले गण्डक नदीमार्फत भारतीय नहरमा विगत पाँच दिनदेखि पानी लगेको भए पनि नेपाली नहरमा भने अझै पानी छाडेको छैन । नहरमा पश्चिम नेपाल गण्डक नहरमा पानी नछाड्दा नवलपरासीका हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ, मुसुर, तोरीलगायत खेतीबालीमा पानी लगाउन नपाएको स्थानीय बासिन्दाले जनाएका छन् ।

    भारतले पनि पूर्वी र पश्चिम भारतीय नहरबाट गरी अहिले करिब आठ–आठ सय क्युसेकका दरले पानी लगेको गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अगुवा प्रेमचन्द गुप्ताले बताउनुभयो ।

    त्यसैगरी, पूर्वनहरबाट बारा, पर्सा, रौतहट गरी तीन जिल्लाका लाखौँ हेक्टर क्षेत्रफल बालीनालीमा कृषकले पानी लगाउन पाएका छैनन् ।  

    भारतीय नहरमा पूरा पानी लैजाँदा १२ सय क्युसेकसम्म पानी बहन्छ भने भारतीय नहरमा पूरा पानी नलगेसम्म नेपाली नहरमा पानी आउन सक्दैन ।

    भारतीय नहर ठाउँठाउँमा बिग्रिएको कारण देखाउंँदै भारतले आफ्नो नहरमा पूरा पानी नलाने र नेपाली नहरमा पनि पानी नदिने गरेको गुप्ताले बताउनुभयो ।

    केही दिनअघि नहर क्षेत्रको विकास निर्माणमा गुणस्तरहीन काम भएको भन्दै गण्डक पीडितले काम रोकेर आन्दोलन गर्दै आएका  हुन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु