Tuesday, 22 May 2012 03:03 pm, Nepal

वैधानिकता दिने निर्णय तत्काल हुनुपर्ने–सभापति कोइराला

मेचीकाली : 2012-01-28 11:28:04


दाङ (तुलसीपुर), १४ माघ : नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले द्वन्द्वकालमा जनसत्ताले कब्जा गरेको घरजग्गालाई वैधानिकता दिने माओवादी नेतृत्वको सरकारले गरेको निर्णय तत्काल फिर्ता हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस क्षेत्र नं १ का तत्कालीन क्षेत्रीय सभापति स्वर्गीय नारायण चौधरीको दाङको मौरीघाटमा निर्माण गरिएको सालिक अनावरण गर्न दाङ आउनुभएका कोइरालासँग प्रेस युनियन दाङले मौरीघाटमा आज गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

    सरकारले आफ्नो निर्णय फिर्ता नलिएसम्म संसद अवरुद्ध जारी नै राख्ने बताउँदै उहाँले भन्नुभयो–‘शान्ति प्रक्रियाले गति लिइरहेको थियो तर द्वन्द्वकालमा जबर्जस्ती गरिएका निर्णयलाई  वैधानिकता दिने कुराले शान्ति प्रक्रियामा बाधा पु¥याएको छ’ ।

    यसैबीच, नेकाका तत्कालीन क्षेत्रीय सभापति स्वर्गीय चौधरीको आज दिउँसो सालिक अनावरण तथा विशाल सभाको उद्घाटन कार्यक्रम रहेको नेपाली काँग्रेस दाङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु